Wednesday, 26 September 2018 02:50 pm, Nepal

सवारी दुर्घटनामा एक प्रहरीसहित २ जनाको मृत्यु

मेचीकाली : 2017-06-14 09:35:44


नवलपरासी, ३१ जेठ :

नवलपरासीको सुनवलमा सवारी दुर्घटना हुँदा एक प्रहरी जवानसहित दुईजनाको मृत्यु भएको छ । सुनवल १० स्थीत पुर्व पश्चिम राजमार्गमा रोकिराखेको ना ५ ख ११९१ नम्बरको ट्रकमा पुश्चिमबाट पुर्वतर्फ जादै गरेको लु ७ प २५३ नम्बरको मोटरसाईकल ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यायल नवलपरासीले जनाएको छ ।

दुर्घटनामा सुनवल २ बस्ने वर्ष ३५ का पुरन थापा र बाँके घर भई हाल जिल्ला प्रहरी कार्यालय नवलपरासीमा कार्यरत प्रहरी जवान बिक्रम तिवारीको मृत्यु भएको प्रहरीले जनाएको छ । रातीको ड्युटि सकेर प्रहरी जवान तिवारी मोटरसाईकलमा लिफ्ट मागेर ईलाका प्रहरी सुनवल तर्फ जाँदै गर्दा दुर्घटनामा पर्नुभएको बताइएको छ । दुर्घटनामा गम्भीर घाइते दुबैको देवदह मेडिकल कलेजमा उपचारको क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । यसैबीच, नवलपरासीको सरावलमा एक महिलाको शव भेटिएको छ ।
सरावल गाउँपालिका १ साविक तिलकपुर गाविसको चितवन सिमेन्ट उद्योग पछाडि रहेको खैल मैदानमा बर्दघाट नगरपालिका ४ दिब्यनगरका ४० बर्षीया माया खनालको शव भेटिएको प्रहरीले जनाएको छ । घांँस काट्न जाने महिलाहरुले मंगलबार साँंंझ महिलाको शव देखेपछि बासा प्रहरीलाई खबर गरेका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु