Wednesday, 23 May 2018 03:18 am, Nepal

उद्योग दर्ता गर्ने क्रम बढ्यो

मेचीकाली : 2017-06-13 15:40:31


पर्वत, ३० जेठ :

विद्युत्भार कटौती भएसँगै जिल्लामा पछिल्लो समय उद्योग तथा व्यवसाय दर्ता गराउनेको सङ्ख्या बढ्दै गएको छ । घरेलु तथा साना उद्योग विकास समितिमा अघिल्लो आर्थिक वर्षमा साना तथा घरेलु उद्योग तथा वाणिज्यतर्फ गरी कुल ३०० उद्योग दर्ता भएकामा चालु आवको साउनदेखि जेठसम्म ३०९ वटा उद्योग दर्ता भएको छ ।

विद्युत्भार कटौतीपछि साना तथा घरेलु उद्योग, मझौला उद्योग खुल्ने क्रम बढेको कार्यालय प्रमुख टेकनाथ पराजुलीले बताउनुभयो । उद्योग, व्यवसाय दर्ता गने क्रम बढेसँगै राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ । कार्यालयले उद्योग दर्ता, व्यापार–व्यवसाय दर्ता, नवीकरण, नामसारी, ठाउँसारीलगायत प्रशासनिक सेवाबाट राजस्व सङ्कलन गर्दै आएको छ ।

चालु आवको जेठसम्म कार्यालयबाट वाणिज्यतर्फ नवीकरण गर्ने १६९, नामसारी तीन, ठाउँसारी दुई, पूँजी वृद्धि ३६ वटा भएका छन् । जिल्लाका दुई नगरपालिका तथा पाँच गाउँपालिकाका उद्यमी लाभान्वित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु