Wednesday, 21 February 2018 01:03 pm, Nepal

जनआन्दोलनका घाइते भिख माग्दै हिँड्न बाध्य

मेचीकाली : 2017-06-07 10:21:13


पर्वत, २४ जेठ :

विसं २०४६ को जनआन्दोलनमा परेर आफ्नो दाहिने खुट्टा गुमाएका घाइते सरकारबाट उचित सहयोग नपाएपछि वर्षौंदेखि सहयोग माग्दै हिँड्न बाध्य हुनुभएको छ । रुकुमको सोलावाङका ४८ वर्षीया तारा खड्का हातमुख जोड्नकै लागि भिख माग्न बाध्य हुनुभएको छ ।

आन्दोलनका क्रममा काठमाडौँ नारायणहिटी दरबारअगाडि राजा महेन्द्रको सालिक भत्काउन खोज्दा उहाँलाई प्रहरीको गोली लागेको थियो । उहाँ सँगैका आठ व्यक्तिले गोली लागेपछि ज्यान गुमाएका थिए ।

खड्काको दाहिने गोडामा तीन गोली लागेको थियो । घाइते भएर पनि कडा सजाय भोग्न बाध्य खड्काले अहिले पर्वतलगायत विभिन्न स्थानमा भिख माग्दै हिँड्न बाध्य भएको बताउनुभयो । खड्काको सोही क्रममा जिब्रोसमेत काटिएको थियो ।

उपचारका लागि उहाँलाई अमेरिकाको पाइलट हस्पिटलमा दुई वर्षसम्म राखेपनि उहाँको स्वास्थ्य अवस्थामा सामान्य सुधार मात्र भएपछि घर फर्कनुभएको थियो । उपचारका लागि राज्यले रु ५० लाख खर्चेको थियो भने उहाँले काठमाडौँमा रहेको आफ्नो घर रु ४० लाखमा बिक्री गर्नुभएको थियो । काठमाडौँमा भएको एउटा घर बिक्रीपछि खड्कासँग अहिले सम्पत्तिको नाममा केही छैन । सानैमा आमाबुबा गुमाएका उहाँले बिहे गरेकी श्रीमती पनि २०४५ सालमा गुमाउनुभयो ।

उहाँकी श्रीमतीको २०४५ सालको भूकम्पमा परी निधन भएको थियो । अहिले कृत्रिम गोडाको सहायताले उहाँ हिँड्डुल गर्नुहुन्छ । सामान्य हिँड्डुल गर्न सकेपनि काम गर्नसक्ने शारीरिक अवस्था उहाँको छैन । उहाँले मुलुकमा जतिसुकै राजनीतिक परिवर्तन भएपनि आफू सधँै पीडित नै बनिरहेको दुखेसो गर्नुभयो ।

“जतिसुकै परिवर्तन आएपनि हामीजस्ता व्यक्तिको मूल्याङ्कन राज्य र सरकारले गर्न सकेनन्”, उहाँले गहभरि आँसु पार्दै भन्नुभयो, “अहिले भिख माग्नुपर्ने अवस्थामा हिँडिरहेको छु ।”

खड्काले पूर्वप्रधानमन्त्री मरिचमान सिंहको सहयोगमा आरआर क्याम्पसबाट बिएड सम्मको अध्ययन पूरा गर्नुभयो । आन्दोलनकै कारण र पीडाकै कारण खड्काको मानसिक अवस्थासमेत बिगँ्रदै गएको छ । उहाँले औषधि सेवन गर्ने पैसासमेत आफूसँग नभएको गुनासो गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु