Friday, 27 April 2018 10:32 am, Nepal

अदुवा पकेट क्षेत्रका किसानलाई कृषि सामग्री प्रदान

मेचीकाली : 2017-06-04 11:15:22


तेह्रथुम, २१ जेठ :

तेह्रथुममा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम अन्तरगत अदुवा पकेट क्षेत्रका १ सय ५० जना किसानलाई विभिन्न सामग्री प्रदान गरिएको छ । म्याङलुङ्ग नगरपालिका १० तम्फुलामा रहेको अदुवा पकेट क्षेत्र कार्यक्रममा आवद्ध भएका एकसय ५० किसानलाई कृषि सामग्री प्रदान गरिएको हो ।

कृषिलाई आधुनिक, व्यवसायीक र बजारीकरण गर्ने उद्देश्यले तेह्रथुममा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम अन्तरगत कृषि सामग्री प्रदान गरिएको अदुवा पकेट संचालक समितिका संयोजक फौद सुवेदीले बताउनुभयोे । परियोजना कार्यक्रम अन्तरगत जिल्ला कृषि विकास कार्यालय तेह्रथुमको २ लाख ५२ हजार र अदुवा पकेट कार्यक्रमले पनि सोही बराबरको रकम जम्मा गरी किसानलाई अदुवा खेतीको लागि चाहिने कृषि सामग्री पूदान गरिएको बताइएको छ । कुटो, कोदालो, पतकर संकलन गर्ने औजार लगाएतका कृषि सामग्री प्रदान गरिएको अदुवा पकेट संचालक समितिका संयोजक सुवेदीले जानकारी दिनु्भयो । उक्त परियोजनाका लागि तेह्रथुममा दुई करोड, ५० लाख बजेट विनियोजन भएको छ । जसअन्तर्गत २ ओटा ब्लक र २० ओटा  पकेट क्षेत्र निर्धारण गरी व्यावसायिक कृषि क्षेत्रको विकासमा जोड दिएको जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु