Wednesday, 26 September 2018 02:51 pm, Nepal

झापाका चिया कारखाना खुले

मेचीकाली : 2010-07-21 13:17:57


Jhapa teaभद्रपुर ५ साउन

एकसातादेखि बन्द रहेका झापाका चिया प्रशोधन कारखाना बुधबारदेखि साचालन भएका छन् । जिल्ला प्रशासन कार्यालयमा गएराति भएको सर्वपक्षीय भेलामा सहमति भएपछि नेपाल चिया उत्पादक सङ्घले बन्द गरेका कारखाना साचालन गर्ने निर्णय भएको सङ्घका भूतपूर्वउपाध्यक्ष विश्वनाथ श्रेष्ठले बताए । हरियो चियापत्तिको मूल्य निर्धारणका लागि समिति गठन गरिएको छ ।

समितिले भारत गएर हरियो पत्तिको मूल्यका बारेमा जानकारी लिई १० दिनभित्रमा प्रतिवेदन पेस गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले जानकारी दिए । समितिमा नेपाल चिया उत्पादक सङ्घ साना चिया किसान सङ्घ मझौला किसान घरेलु कृषि कार्यालयका साथै नेपाली काँग्रेस एमाले र एकीकृत नेकपा माओवादी का प्रतिनिधिसमेत छन् ।

केही दिनअघि साना चिया किसान सङ्घका प्रतिनिधिले हरियो चियापत्तिको मूल्य वृद्धि गर्नुपर्ने माग राखी चिया प्रशोधन कारखानाबाट धुल्याउने मेसिन उठाएर लगेको र कागतपत्र च्यातेका भन्दै नेपाल चिया उत्पादक सङ्घले झापाका सबै चिया प्रशोधन कारखाना बन्द गरेको थियो ।

यो विषयका प्रतिक्रियाहरु

saroj parajuli:Jul 30, 2011 10:03:17 AM

k kate rate taya vaio

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु