Friday, 24 November 2017 12:27 am, Nepal

चुनावले गाउँमा चहलपहल, सदरमुकाम सुनसान

मेचीकाली : 2017-05-09 08:46:05


कालिकोट, २६ वैशाख :

स्थानिय चुनाव नजिकिंदै गर्दा जिल्लाको सदमुकाम मान्म केही दिन यता सुनसान देखिएको छ । करिव २० वर्षदेखि हुन नसकेको स्थानिय चुनाव यहि वैशाख ३१ गते हुने भएकाले जिल्ला स्थीत सबै दलका नेता, कार्यकर्ता प्रचारप्रसारको लागि गाउँगाउँमा खटिएको पाईएको छ । सदमुकाममा भने मानिसको चहलपहल कम भएपनि गाउँपालिका नगरपालिकामा भने चहल पहल बढ्दो रहेको छ ।

प्राय जिल्लामा रहेका व्यापारी,सरकारी कर्मचारीहरु पनि आजभोलि चुनावी माहोलमा गएका छन् । स्थानिय चुनाव नजिकीएपछि कस्ले टिकट लिने, को उम्मेद्वार ठिक छ भन्ने जस्ता कुरामा गल्लीगल्ली र चोकचोकमा विभिन्न पार्टीहरुले छलफल समेत गर्ने गरेको थिए तर अहिले भने यी सवै कुराको टुङगो लागिसकेकाले सदमुकाम मान्म सुनसान देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु