Wednesday, 25 April 2018 12:10 am, Nepal

उद्योग वाणिज्य क्षेत्रलाई राजनीतिमुक्त राख्न आग्रह

मेचीकाली : 2017-03-25 08:44:47


कपिलवस्तु, १२ चैत :

मुलुकका राजनीतिक दलले उद्योग वाणिज्य क्षेत्रलाई बन्द हडतालमुक्त क्षेत्र बनाउन पहल गरिदिन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुराररकाले राजनीतिक दलसँग आग्रह गर्नुभएको छ ।

तौलिहवा उद्योग वाणिज्य सङ्घको आयोजनामा तौलिहवामा शुक्रबार सुरु भएको चौथो प्राचीन कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै मुरारकाले सरकारले उद्योग व्यवसाय संरक्षण नीति लिए एक दशकभित्रै मुलुकको व्यापार घाटा कम गर्न नेपालको उद्योग वाणिज्य क्षेत्र सक्षम रहेको बताउनुभयो ।

महोत्सवमा उद्योग, कृषि, पर्यटन, व्यापारलगायतका करिब १५० कक्ष छन् । महोत्सव अवधिभर जिल्लाका विभिन्न पुरातात्विक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा जोड दिइने सङ्घका अध्यक्ष गयादीन कुर्मीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु