Friday, 24 November 2017 12:30 am, Nepal

कालिकोटमा जाँडरक्सी खाने पुरुषलाई सुधारे महिलाहरुले

मेचीकाली : 2017-03-22 08:47:04


कालिकोट, ९ चैत :

कालिकोटका महिलाहरु अहिले सामाजिक जागरणमा लाग्ने गरेका छन् । पुरुषहरुले समाजमा बसेर जाँडरक्सी खाने हल्ला गर्नेलगायत गर्न थालेपछि महिलाहरु पुरुषका त्यस्ता क्रियाकलापमा सुधार ल्याउन सामाजिक अभियानमा लाग्ने गरेका हुन् । कालिकोटका महिलाहरुले गाउँमा सरसफाइ, स्वच्छ खानेपानी धारा र मदिरा नियन्त्रणको अभियानसमेत थालेका छन् ।
सामाजिक, आर्थिक, विकास, समाजमा रहेका विकृति र विसंगतिविरुद्ध उत्रेका महिलाहरुलाई अहिले गाउँघरमा बिगार्ने पुरुष, सपार्ने महिला भन्ने नारासमेत लाग्ने गरेको छ । मदिरा नियन्त्रण अभियानमा महिला गाउँमा पुरुषहरुले मदिरा खाएर होहल्ला गर्ने र महिलाहरुलाई कुटपिट लगायत घरेलु हिंसाका घटना बढ्न थालेपछि गेला गाविसका महिलाहरुले मदिरा नियन्त्रणको अभियान थालेका छन् । गाउँमा नै अवैध मदिरा पाउन थालेपछि महिला हिंसाका घटनामा वृद्धि भएको भन्दै घरेलु मदिरा बन्द गर्ने अभियान सञ्चालन गरेका हुन् । महिलाहरुले गाउँमा मदिराकै कारण घरेलु हिंसा बढेको निष्कर्ष निकाल्दै प्रहरीसँग मिलेर अवैध घरेलु मदिरा उत्पादन रोक्ने अभियान थालेका हुन ्।

गाउँमा महिलाहरुले सरसफाइ पसल र आय आर्जनका काम गर्न थालेपछि पुरुषहरु पनि अहिले सकरात्मक बनेर महिलाहरुलाई साथ दिन थालेको स्थानीय मनसिंह शाहीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु