Friday, 17 August 2018 10:31 pm, Nepal

पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

मेचीकाली : 2010-07-16 10:09:56


बाग्लुङ, ३२ असार

बाग्लुङको देवीस्थान गाविस-८ मा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । घरमा सुतिरहेको बेला शुक्रबार विहान माथिबाट खसेको पहिरोले पुरिएर १६ बर्षीय शिव विक, १२ बर्षीया शान्ति विक र ८ बर्षीय गोरे विकको मृत्यु भएको हो । घटनामा ४५ बर्षीया खगी विक, २५ बर्षीया होमी विक, २२ बर्षीय मनिष बिक, २ बर्षीय कृष्ण विक र २ वर्षकै शुशीला विक घाईते हुनु भएको छ । घाईतेमध्ये खगी विकको अवस्था गम्भीर छ । घाईतेहरुलाई नजिकैको बुर्तिवाङ् बजारमा उपचारको लागि ल्याइएको छ ।

यसैबीच भारी वर्षासँगै आएको पहिरोले रुकुमको दुई विद्यालय भवन क्ष्तिग्रस्त भएका छन् । पश्चिम रुकुमको झूला गाविस स्थित वडा नं. ५ मा रहेको वालसेवा निम्न माद्यमिक विद्यालयको २ कोठे भवनलाई पहिरोले बगाएको हो । एक महिना अघि मात्र विश्व खाद्य कार्यक्रमको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले सो भवन निर्माण गरिदिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु