Wednesday, 25 April 2018 12:01 am, Nepal

सडक भासिएपछि सिन्धुली–बर्दिबास सवारी अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

मेचीकाली : 2017-02-20 10:38:08


सिन्धुली, ९ फागुन :

सिन्धुलीको शीतलपाटी गाविसमा पर्ने त्रिवेणी भन्ने ठाउँमा सडक भासिँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । गएराती एक्कासी सडक भासिएपछि सिन्धुली बर्दिबास हुँदै काठमाण्डौ चल्ने गाडी बिच बाटोमै रोकिएको सिन्धुली प्रहरीले जनाएको छ । झण्डै २० देखि ३० फिट सडक भासिएको र तल सुनकोशी नदी भएकाले तत्काल बाटो खुलाउन समस्या हुने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक उत्तमप्रसाद बरालले जानकारी दिनुभयो ।

सडक भासिएपछि रामेछाप, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली सहित पूर्व जाने यात्रुलाई समस्या भएको छ । सडक मान्छेसमेत हिँड्न नमिल्ने गरि भासिएको छ ।

आवातजावत गर्ने वैकल्पिक मार्ग काठमाडौ–सित्खा–पकरवास–मन्थली–खुर्काेट अनि खुर्काेट–मन्थली–पकरवास–सित्खा–काठमाडौ प्रयोग गर्न सुझाव सडक डिभिजन कार्यालय खुर्काेटका डिभिजन प्रमुख राकेश महर्जनले दिनुभएको छ । उहाँका अनुसार वैकल्पिक सडक खोलेर यातायात सुचारु गर्ने प्रयास भईरहेको छ । सडक बिभाग र जाईकाको टोलीसमेत आउने र आजैबाट वैकल्पिक सडकको व्यवस्थाको लागि काम सुरु गरिने उहाँले जानकारी दिनुभयो । बाटो छोटो भएकाले पूर्व चल्ने साना गाडी यही सडकबाट चल्ने गरेका थिए । जापान सरकारले बनाइदिएको बीपी राजमार्गमा दुई वर्ष अघिदेखि गाडी चल्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु