Wednesday, 25 April 2018 12:04 am, Nepal

किसानले उत्पादन गरेको सिमी र फापर खाद्य संस्थानमा

मेचीकाली : 2017-02-05 10:46:51


मुगु, २३ माघ :

नेपाल खाद्य संस्थान मुगु शाखाले जिल्ला भित्र उतपादन भएको किसानको सिमी र फापर खरिद गरेको छ । स्थानीय कृषि उत्पादनमा बृद्धि गर्ने उदेश्यका साथ गएको आर्थिक वर्षबाट नेपाल खाद्य संस्थानले जिल्लामा उत्पादित सिमी फापर खरिद गरेर काठमाण्डौ तर्फ निर्यात गर्दै आएको छ । संस्थानले शुक्रबारसम्म जिल्ला भित्रका कृषकहरुले उत्पादन गरेको ६० क्वीण्टल सिमी र ३५ क्वीण्टल फापर खरिद गरेको जनाएको छ ।

 चालु आर्थिक वर्षमा संस्थानले किसानहरबाट १ सय ३० क्वीण्टल सिमी र एक सय क्वीण्टल फापर खरिद गर्ने जनाए पनि अहिले सम्म तोकिएको लक्ष्य अनुसार खरिद गर्न सकेको छैन । किसानहरुले आफुले उत्पादन गरेको सिमी र फापर संस्थानको सदरमुकाम वितरण केन्द्र आफै ल्याउने गरेको संस्थानका शाखा प्रमुख गंगप्रसाद साहले जानकारी दिए । शाखाले सिमी प्रति केजी १ सय ३५ , मिठे फापर १ सय र तिते फापर ८० रुपैयाँ प्रति केजीका दरले खरिद गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु