Tuesday, 19 December 2017 02:11 am, Nepal

सिन्धुलीको रत्नावतीमा जीप दुर्घटना, सात जनाको मृत्यु

मेचीकाली : 2016-12-18 17:49:15


एकजना अझै वेपत्ता
सिन्धुली, ३ पुस :

काठमाडौंबाट खोटाङको हलेसीतर्फ गईरहेको जीप आज दिउँसो सिन्धुलीको रत्नावती गाविस–३, मध्यपहाडी लोकमार्गको सोखुखोला नजिकबाट सुनकोसी नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ । ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मृत्यु हुनेमा तीन महिला र चार पूरुष रहेका छन् ।

बा १२ च ८८९७ नम्बरको स्कारपियो जीप सडकबाट झण्डै दुई सय मिटर तल सुनकोसी नदीमा खसेको थियो । मृत्यु हुनेमा सिन्धुपाल्चोक फुल्पिङकट्टि ७ का ५० वर्षीय साङदोर्जे शेर्पा,  ५७ वर्षीय बाले शेर्पा, ५० वर्षीया निवुटी शेर्पा, सोही गाविस वडा नम्बर ९ की ५० वर्षीया सर्कीनी शेर्पा र जीप चालक लमजुङ समि भन्ज्याङका अन्दाजी ४० वर्षका झपटबहादुर गुरुङ रहनुभएको छ । काठमाडौं गोलढुङ्गाकी ६० वर्षीया टुकुली शेर्पाको उपचारका क्रममा जनसेवा अस्पताल घुर्मीमा मृत्यु भएको छ । मृतक मध्ये अर्का एकजनाको सनाखत हुन नसेको प्रहरीले जनाएको छ । जीपमा सवार ९ जनामध्ये एकजना बेपत्ता छन् । बेपत्ता हुनेमा सिन्धुपाल्चोककै दार्नर्बु शेर्पा रहेको र गम्भीर घाइते एक महिलाको उदयपुरको घुर्मीस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु