Monday, 18 December 2017 03:13 am, Nepal

घरलौरी पैसा उठाएर मोटरबाटो निर्माण

मेचीकाली : 2016-12-16 13:39:12


सिन्धुली, १ पुस :

सिन्धुलीको सोल्पाठाना गाउँ विकास समिति – १ का बासिन्दाले सामूहिक लगानीमा मोटरबाटो निर्माण गरेका छन् । गाउँमा मोटरबाटो नहुँदा समस्या भएको सो वडाका २४ घरपरिवारले रु चार लाख सङ्कलन गरेर समाजसेवी गोविन्द पहाडीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी बाटो निर्माण गरेका हुन् ।

जिल्लामा समुदायबाट यति ठूलो रकम लगानी गरी बाटो निर्माण गरेको यो पहिलो पटक भएको अध्यक्ष पहाडीको भनाइ छ । गाविस र जिल्ला विकास समितिबाट बजेट नपाएपछि गाउँसम्म जाने चार किलोमिटर लामो बाटो आफूहरुकै लगानीमा निर्माण गरेको उहाँले बताउनुभयो ।

वडा नं १ को शिखुडाँडादेखि कोल्टासम्मको बाटो निर्माण भएपछि उपचार र सामग्री ढुवानी गर्न सहज भएको स्थानीयवासीले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु