Wednesday, 25 April 2018 12:11 am, Nepal

कपिलवस्तुमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

मेचीकाली : 2016-11-19 08:46:24


कपिलवस्तु, ४ मङ्सिर :

कपिलवस्तुमा आज विहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्युभएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ । दाङबाट बुटवल तर्फ जांदै गरेको ना ४ ख ७८९६ नम्बरको बस विपरित दिशाबाट आइरहेको  म १ च ३९६ नम्बरको एम्बुलेन्ससंग आज विहान ३ बजेतिर वाणंगगा १० बुङ्चीमा ठोक्किएको थियो ।

दुर्घटनामा परी कञ्चनपुर २२ बस्ने ५५ वर्षिय सुब्बा राना र सोहि ठाउँका ६० वर्षिया मदिया रानाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । यस्तै घाइतेहरुको लुम्बिनी अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि मेडिकल कलेज भैरहवामा रिफर गरिएको प्रहरी जवान देव गुरुङ जानकारी दिनुभयो । सडकमा विग्रिएर रोकिराखेको गाडीलाई वास्ता नगरि बसले ओभरट्याक गर्दा सो दुर्घटना भएको हुन सक्ने र घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक विष्णु पोख्रेलले बताउनुभयो ।   

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु