Wednesday, 25 April 2018 12:06 am, Nepal

‘सत्यदीप’की नायिका पब्लिसिटीबाट आउट्

मेचीकाली : 2016-09-23 14:45:14


काठमाडौ ।

चलचित्र प्रदर्शनको समयमा प्रचार प्रसारका लागि निर्माण युनिटलाई कलाकारको साथ चाहिन्छ । तर पछिल्लो समय प्रदर्शनमा आएका र आउन लागेका केही चलचित्रलाई कलाकारले साथ नदिएका समाचारहरु मिडियामा छाउने गरेका छन् ।निमार्ण समयमा हरेक समय साथ दिने बचन सहित चलचित्र आफ्नो पोल्टामा पारे पनि प्रचार प्रचारको समयमा बिभिन्न बहानामा कलाकारहरु भाग्ने गरेका छन् ।

जसका कारण निर्माण युनिटले त्यस्ता कलाकारलाई चलचित्र प्रचार प्रसार भन्दा बाहिर राख्ने गरेको देख्न सकिन्छ । अक्सर यो समस्या नव कलाकारमा देखिएको छ ।

यस्तै प्रचार प्रसारमा साथ नदिएको भन्दै १४ असोजमा प्रदर्शनमा आउने चलचित्र ‘सत्यदीप’ले अभिनेत्री सबिना केसीलाई प्रचार प्रसार भन्दा बाहिर राख्ने निर्णय गरेको छ । फुर्सद हुँदा हँुदै प्रचार प्रसारमा निर्माण युनिटलाई साथ नदिएको भन्दौ केसीलाई प्रचार प्रसार भन्दा बाहिर राख्ने निर्णय गरेको हो ।

‘पटक पटक खबर गर्दा पनि आउँछु भन्ने, कुराउने तर नआउने गरेको कारण सबिनालाई मिडिया पब्लिसिटबाट बाहिर राख्ने निर्णय गरेका हो’ निर्माता बिनय राम श्रेष्ठले भने ‘यो मेरो मात्र होइन ,पुरै युनिटको निणर्य हो ।’ चलचित्र खेल्ने बेलामा पछि लाग्ने अहिले चलचित्रलाई आवश्यक पर्दा बिभिन्न बहाना बनाउनेलाई कारबाहि गर्नै पर्ने उनको भनाई रहेको छ ।

चलचित्र ‘सत्यदीप’ बिनयराम श्रेष्ठको निर्माण र पुष्कर घिमिरेको डेब्यु निर्देशन रहेको चलचित्र हो । गीत संगीतकै माध्यमबाट समाजमा सकरात्मक सन्देश दिन सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने ‘सत्यदिप’मा रबि गिरी, उमा बेबी, दिब्येस्वर गौतम, सबिना केसी, जिवन गिरी ,श्याम केसीलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

प्रेम रोमान्स र एक्सनले भरिपुर्ण चलचित्रले भ्रष्टहरुलाई समाजबाट बहिस्कार गर्न युवाहरुले आवाज बुलन्द पार्नु पार्ने कथा उठाएको छ । उपत्यकाको आसपासमा दृश्य समेटिएको चलचित्रमा शम्भु सापकोटाको छायाँकन, कमल राइको नृत्य र अष्ट महर्जनको द्वन्द्व छ । चलचित्रमा अर्जुन पोखरेलका संगीतकमा निकै कणप्रिय गीतहरु समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु