Sunday, 18 November 2018 06:17 pm, Nepal

रौतहटमा मौरी पालन गर्नेहरु बढ्दै

मेचीकाली : 2016-09-22 08:55:51


रौतहट, ६ असोज :

पछिल्लो समय जिल्लामा मौरी पालन गर्ने किसानको संख्या बढ्दै जान थालेको छ । जिल्ला कृषि विकास कार्यलय रौतहटको मौरी पालन सम्बन्धी कार्यक्रम अन्तरगत किसानहरु लाइ  ५० प्रतिशत अनुदानमा  घार उपलब्ध गराएकाले पनि किसानहरु व्यवसायिक मौरी पालन तर्फ आकर्षित भई रहेका छन ।

जिल्ला कृषि विकास कार्यलय गौरका बाली  संरक्षण अधिकृत मोहन महत्तोका अनुसार जिल्लामा पौराई , सन्तपुर , कटहरिया , गरुडा , गौर लगाएतका ठाउँहरु गरि करिब १० जना किसानहरुले व्यवसायिक मौरी पालन गरिरहेका छन भने , मौरी पालनको शुरुवात गर्ने किसानहरुको संख्या ३० भन्दा माथि रहेको छ ।
एक घार मौरीबाट वार्षिक तिन घार मौरी बढाउन सकिन्छ । घाम र पानीमा काम गर्न नपर्ने , सफा सुग्घर बसेर काम गर्न सकिने ,मह स्वास्थ्य र धार्मिक दुबै हिसाबले  लाभदायक र उपयोगि रहेको र मौरीबाट परागसेचनले गर्दा बालि बृद्विमा पनि धेरै सहयोग गर्ने भएकाले मौरीपालन व्यवसायलाई वृद्वि गर्न जरुरी रहेको जिल्ला कृषि विकास कार्यलयका बरिष्ठ अधिकृत राजनारायण यादवले बताए । सिपमुलक तालिम र प्राबिधिक ज्ञान

बाढ्न सके मौरीपालन बाट किसानलाई सजिलै आत्मनिर्भर बनाउन सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु