Thursday, 26 April 2018 04:05 am, Nepal

खुकुरी बोकेर आउँदो शनिबार थिएटर मलमा आउने भए ‘काजी बा’ !

मेचीकाली : 2016-09-19 13:04:55


काठमाडौँ-

दसैँ, असत्यमाथि सत्यको विजय र अहिंसाको सन्देश बोकेको नाटक ‘काजी बा’को प्रदर्शन थिएटर मल, काठमाडौँ मलमा देखाइने भएको छ । नाटकमा दसैँका नाममा हुने गरेको सांस्कृतिक विचलनलाई कथामा समेटिएको परिकल्पनाकार दुर्गा दाहालले बताउनुभयो । दाहालले भन्नुभयो – “सत्य र असत्यको विजयका सन्दर्भमा मनाइने महान् पर्वमा हाम्रो समाजमा हुने गरेका ढोङ र अधर्मको विषय उठाउन खोजेको छ । नाटक कस्तो छ त्यो त दर्शकले मूल्याङ्कन गर्लान् ।”

नाटक निर्देशन अजय अधिकारी ‘सुशील’ले गर्नुभएको हो । नाटक आगामी शनिबार दुई चरण (दिउँसो १ र ४ बजे) मात्र देखाइने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु