Wednesday, 18 October 2017 11:29 am, Nepal

कार्यकर्ता र नेपाली जनतालाई सजग रहन आग्रह

मेचीकाली : 2016-08-26 19:21:19


सिन्धुली, १० भदौ :

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले अहिलेको सरकारले राष्ट्रको हित विपरीत कुनै पनि काम गरे एमालेले नसहने बताउनुभएको छ ।प्रेस चौतारी नेपाल सिन्धुलीले आज सिन्धुलीमाढीमा गरेको पत्रकार सम्मेलनमा नेता खनालले नेपाली जनता र सिङ्गो नेपालको स्वभिमान खतरामा पार्ने काम भएमा कार्यकर्ता र नेपाली जनतालाई सजग रहन आग्रह गर्नुभयो ।

सिङ्गो देश निर्माण, आर्थिक समृद्धि र संविधानको कार्यान्वयन गर्न एमाले सदैव जनताको विश्वासिलो दल भएरै प्रतिपक्षमा बस्ने खनालको भनाइ थियो । पूर्वप्रधानमन्त्री खनालले स्थानीय निकाय, प्रदेश र राष्ट्रियस्तरको निर्वाचन २०७४ माघ ७ गतेसम्म नगरे नेपालीले प्राप्त गरेको विश्वकै उत्कृष्ट संविधानसँगै नेपालीको स्वतन्त्रता गुम्ने खतरा रहेको बताउनुभयो ।

उहाँले नेपाली जनता र नेपाल राष्ट्रलाई अहित हुने गरी संविधान संशोधन नहुनेमा ढुक्क हुन आग्रह गर्नुभयो । नेपाली जनता र राष्ट्रको पक्षमा संविधान संशोधन गर्न एमालेले सकारात्मक भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

यसैबीच वरिष्ठ नेता खनालले धनुषास्थित तुलसी गाविस– ७ मा रहेको सामुदायिक भवन उद्घाटन गर्नुभयो भने कमलामाई नगरपालिका– १० भिमानमा रहेको सहिद ऋषिराज देवकोटा, दुर्गा सुवेदी र दलबहादुर रजनको सालिकमा माल्यार्पण गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु