Thursday, 17 August 2017 05:34 am, Nepal

काभ्रेको फँलाटे र भुम्लुटारका पीडितले किन तत्काल नपाउने भए अनुदान रकम ?

मेचीकाली : 2016-08-19 08:40:48


काभ्रे, ३ भदौ :

सरकारले भुकम्प पिडितहरुको लागि ४५ दिनभित्र पहिलो किस्ता वापतको ५० हजार रकम उपलब्ध गराउन निर्देशन दिएपनि काभ्रेका दुई गाविसका पिडितहरुले भने उक्त रकम नपाउने निश्चित भएको छ । चार दशकदेखि जग्गाधनी प्रमाण पत्र अर्थात लालपुर्जा विहिन रहेका जिल्लाको कोशिपारीस्थित भुम्लुटार र फलाँटे गाविसका भुकम्प पिडितहरुले भने सरकारले घर निर्माणका लागि उपलब्ध गराउने पहिलो किस्ता वापतको रकम पाउने सम्भावना नदेखिएको हो ।

घर निर्माण गर्नका लागि अनुदान सम्झौता गर्नका लागि उनीहरुसँग भुकम्प पिडितको परिचय पत्र, नागरिकता, लगत संकलनका क्रममा प्राविधिकले दिएको निस्सा भएपनि आवश्यक पर्ने लालपुर्जा नभएका कारण अनुदान सम्झौता समेत हुन सकेको छैन । काभ्रेका स्थानीय विकास अधिकारी टेकराज निरौलाले कोशिपारीको फलाँटे र भुम्लुटारका भुकम्प पिडितहरुसँग जग्गाको लालपुर्जा नभएका कारण सरकारले भनेको ४५ दिनभित्र पहिलो किस्ताको अनुदान रकम दिन नसकिने बताए ।

उनले उक्त दुई गाविसका भुकम्प पिडितहरुको बारेमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई जानकारी समेत गराई सकिएको बताए । निरौलाले प्राधिकरणले दुई गाविसका भुकम्प पिडितका लागि नयाँ निर्देशन नदिएसम्म रकम उपलब्ध गराउन नसकिने बताए । फलाँटे र भुम्लुटारका पिडितलाई पहिलो किस्ताको रकम दिन नसकेपनि अन्य गाविसका पिडितहरुलाई भने ४५ भित्रै दिनका लागि जिविसले तयारी तिव्र बनाएको छ । जिल्लाका भुकम्प पिडितहरुलाई अनुदान रकम उपलब्ध गराउने उद्देश्यले अनुदान सम्झौता भएका गाविसका भुकम्प पिडितको नामावली जिविसमा अपडेट गर्ने र प्रमाणिकरण गर्ने काम भइरहेको जिविसका योजना अनुगमन तथा प्रशासकिय अधिकृत धोलकराज ढकालले बताए । उनले काभ्रेका १३ वटा गाविसका लागि पहिलो किस्ता वापतको रकम सम्बन्धित बैँकहरुमा पठाइसकिएको बताए । जिल्लाको रविओपी, कोशिदेखा, कोलाँती भुम्लु, भिमखोरी, वाल्टिङ, चौवास, सानो वाङथली, नाग्रेगगर्चे, उग्रतारा जनागालका लागि रकम पठाइएको बताए । यस्तै विर्ता देउराली, डाँडाँगाउँ, जैसिथोक र ठुलो पर्सेल गाविसका लागि पनि रकम पठाइसकिएको उनले बताएका छन् ।

यो विषयका प्रतिक्रियाहरु

Anil Tamang :Aug 19, 2016 08:59:01 AM

हाम्रो देविटार मा चहि कहिले सम्ममा हुन्छ त बैंकमा रकम जम्मा

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु