Wednesday, 25 April 2018 12:11 am, Nepal

कर्णाली रोजगारको रकम हिनामिना भएको खुलासा

मेचीकाली : 2016-08-10 08:44:13


मुगु, २६ साउन

: मुगुको कार्किवाडा गाविसमा कर्णाली रोजगार कार्यक्रम अन्र्तगत आर्थिक बर्ष २०७२/०७३ मा संचालित कार्यक्रममा रकम हिनामिना भएको खुलासा भएको छ । कार्कीवाडा गाविसको वडा नम्बर ८ स्थित भालुमारे झारदेखी वडा नम्बर ९ तुम गाउँसम्मको ग्रामिण सडक निर्माणमा अनियमितता भएको छ ।

रकम हिनामिना भएको भन्दै नेपाली काग्रेस कार्किवाडा गाउँ कार्यसमितीले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण समेत गराएकोे छ । ग्रामिण सडक निर्माण आयोजनाको कुल २० लाख बजेट मध्ये सडक निर्माणमा सहभागि भए वापत स्थानिय बासिन्दालाई १३ लाख २७ हजार रुपैंया मात्र बितरण भएपछि आफुहरुले कर्णाली रोजगार कार्यक्रम, जिल्ला बिकास समितीमा बुझ्दा रकममा पारदर्शिता नभएको भन्दै ध्यानाकर्षण गराईएका काग्रेस गाउँ कार्यसमिती कार्किवाडाका सभापती बिष्णु कुमार भामले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु