Wednesday, 25 April 2018 12:06 am, Nepal

मुगुमा ७ करोड भन्दा बढी बजेट फ्रिज

मेचीकाली : 2016-07-20 08:47:07


गमगढी, ५ साउन :

आर्थिक बर्ष ०७२/०७३ मा मुगुमा ७ करोड २६ लाख बढि रकम फ्रिज भएको छ । जिल्लाका लागि बिनियोजित चालु तर्फको कुल बजेट १ अर्ब २३ करोड २२ लाख रुपैयाँ मध्ये ७ करोड २६ लाख भन्दा बढि रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक (कोलेनिका) कार्यालयका प्रमुख नन्दराम पाण्डेले जानकारी दिनुभयो ।

जिल्लाका लागि पूँजीगत तर्फ ३८ करोड ६८ लाख ८६ हजार भन्दा बढी रकम बिनियोजन भए पनि  ३४ करोड ३५ लाख २१ हजार रुपैयाँ मात्र खर्च भएको उहाँले बताउनुभयो । त्यस्तै पूँजीगत तर्फ झण्डै ४ करोड ३३ लाख ६४ हजार रुपैयाँ भने फ्रिज भएको छ । आर्थिक बर्षमा बढि रकम फ्रिज भएका कार्यालयहरु मध्ये जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला बिकास समितिको कार्यालय, जिल्ला प्राबिधिक कार्यालय, सिंचाई कार्यालय तथा खानेपानी कार्यालय रहेका छन् । बिनियोजन भएको बजेट समेत खर्च हुन नसक्दा जिल्लामा विकास निर्माणका काम प्रभावित भएको स्थानियको गुनासो छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु