Wednesday, 18 October 2017 11:33 am, Nepal

कार्यालय प्रमुखलाई रोग लागेका बिरुवा

मेचीकाली : 2016-06-19 14:41:02


सिन्धुली, ५ असार :

डुढभञ्ज्याङ गाविसका किसानले जिल्ला कृषि विकास कार्यालयका प्रमुख होमराज विष्टलाई किरा र रोग लागेका बिरुवा हस्तान्तरण गरेका छन् ।गाउँमा कृषिसम्बन्धी कार्यक्रम लिएर पुग्नुभएका विष्टलाई स्थानीय किसानले किराको निदान र रोग पत्ता लगाउन बिरुवा दिएका हुन् ।

“तरकारी बालीमा लाग्ने रोग र किराको अन्त्य गरिदिनु प¥यो, हामीले जती उपाय अपनाए पनि तरकारी फलाएर उचित आम्दानी लिन सकेनौँ,” स्थानीय किसानले कार्यालय प्रमुख विष्टसमक्ष गुनासो गरे ।

“बल्लतल्ल तरकारी लगाए, किराले उँभो लाग्न दिँदैन, दिन रात किरा मार्दै समय बित्ने गरेको छ,” स्थानीय किसान नारण सुनुवारले दुखेसो पोख्नुभयो । रातभर बारीमा बत्ती बालेर किरा मार्ने गरेको उहाँको भनाइ छ । किराले सबै तरकारी बालीमा क्षति पु¥याएको र फल्ने बेलामा रोग लागेर ओइलाउने गरेको किसानले कार्यालय प्रमुख विष्टसमक्ष दुःखेसो पोखे । उनीहरुले तालिमको व्यवस्था गरिदिन आग्रह गरे ।

वार्षिक रु ५० हजारदेखि रु दुई लाखसम्म बचत गर्ने गरेको किसानहरु बताउँछन् । एक गाविस एक प्राविधिकको अवधारणा लागु गर्नुपर्नेमा किसानले जो दिएका छन् । कृषि प्राविधिक गाउँमा नआउँदा किसान बीउबिजनदेखि, विषादीमा ठगिँदा उत्पादन र उपभोगमा समस्या सिर्जना भएको छ ।

किसानका माग सकेसम्म सम्बोधन गर्ने भन्दै कार्यालय प्रमुख विष्टले सङ्कलन भएका किरा र बिरुवालाई ल्याबमा परीक्षण गरेर समाधान खोज्ने आश्वासन दिनुभयो । समाधानका उपायका बारेमा आफँै आएर किसानलाई जानकारी गराउँछु,” उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु