Happy tihar
Saturday, 21 October 2017 10:55 am, Nepal

रक्सी पिउन नेपाल आउन थाले भारतीय नागरिक

मेचीकाली : 2016-06-17 08:45:08


सर्लाही, ३ असार :

भारतको बिहारमा रक्सी प्रतिबन्ध भएपछि सर्लाहीको सीमावर्ती बजारमा यसको कारोवार बढेको छ । स्थानीयवासीका अनुसार अहिले खुल्ला सीमा नाका हुँदै सर्लाहीको दक्षिणी भेगका बजारमा भारतीय नागरिक समूह नै बनाएर मदिरा सेवन गर्न आउन थालेका छन् । सर्लाही सदरमुकाम मलंगवा सहित सीमरा, भाडसर, अर्नाहा, बलरा, संग्रामपुर, बाराउद्योगरण लगायतका सीमावर्ती बजारमा मदिराको कारोवार बढेको हो ।

सीमामा बसेका भारतीय सुरक्षा बल र नेपाल प्रहरीको आँखा छली मदिराको ओसार पसार समेत हुन गरेको स्थानीयवासीले बताएका छन् । विशेष गरि साँझको समयमा खेत र खोलाको बाटो हुँदै धेरै मानिसहरु लुकिछिपी मदिरा सेवन गर्न नेपाल तर्फको सीमावर्ती बजारमा आउने गरेका पाइएको छ । केही ठाउँमा प्रहरीकै आँखा अगाडि मदिराको किनबेच भैरहेको स्थानीयवासीले दावी गरेका छन् । सर्लाहीका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले सीमावर्ती बजारमा मदिराको किनबेच बढेको बारेमा प्रहरीले निगरानी गर्न सूरु गरिसकेको जानकारी दिनुभयो । आफूले मातहतका सबै प्रहरी युनिटहरुलाई मदिरा सेवन गर्न आउनेहरुलाई पक्रेर कारवाही गर्न निर्देशन दिइसकेको एसपी सुवेदीले बताउनुभयो । 

यो विषयका प्रतिक्रियाहरु

रंजित झा:Jul 14, 2016 10:22:50 PM

सर्लाही को बलरा वडा नं. 2 मा रहेको मदिरा पसलहरु मा दिनहु सैकडो को संख्या मा भारतियहरु मदिरा पिउन आउन थालेका छन।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु