Wednesday, 25 April 2018 12:09 am, Nepal

यार्सापाटनमा अन्धा–धुन्ध गोली प्रहार, एक जनाको मृत्यु

मेचीकाली : 2016-06-15 17:46:34


गमगढी, १ असार :

मुगु जिल्लाको मुगु गाउँ विकास समितीमा रहेको यार्सा पाटनमा गोली लागेर एक जनाको मृत्यु भएको छ । गएराती १२ बजेतिर आएको १५ जनाकोे समुहले यार्सा संकलकहरु बसिरहेको पालमा अन्धाधुन्ध गोली प्रहार गर्दा जिल्लाको माङ्ग्री गाविस वडा नम्बर ५ का कार्मा नाम्ग्याल को मृत्यु भएको हो ।

घटनाका बारेमा जानकारी लिन आज बिहान प्रहरीको एक टोली त्यसतर्फ गएको बताइएको छ । यार्सा पाटनमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा पारेपनि यस्तो घटना भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु