dashain
Tuesday, 16 October 2018 11:21 pm, Nepal

रमजान आजदेखि शुरु

मेचीकाली : 2016-06-07 08:40:04


कपिलवस्तु, २५ जेठ :

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना शुरु भएको छ । हिजो चन्द्रमा हेरेपछि आजदेखि रमजान शुरु भएको मानिन्छ । मुस्लिम क्यालेण्डर अनुसारको यो दशौं महिना हो । यो समयमा कठोर व्रत मानिनेहरुले रोजा बस्ने गर्छन् । अशक्त, गर्भवती, सुत्केरी महिला, बालबालिका तथा वृद्धवृद्धाहरुलाई भने रोजा बस्दैनन् ।

यो महिनामा आफूले कमाएको मध्ये आफ्नो गच्छेअनुसार साढे २ प्रतिशत सम्पत्तिलाई गरिबलाई दान दिने पनि गरिन्छ । यो बेला रोजा बस्नेले दिनभरि पानी पनि नखाने तर सुर्यास्तपछि रोजा तोडिने मान्यता छ र मिठामिठा परिकार खाने गरिन्छ । रातको २ बजेदेखि बिहानको ४ बजेसम्म खाने कुराहरु खाइ सक्नु पर्ने हुन्छ । नेपालमा करिब २० जनसंख्यामा मुस्लिम समुदाय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु