Tuesday, 26 September 2017 08:15 pm, Nepal

सञ्चालनमा आइसकेको आइटि पार्कमा किन लाग्यो रोक ?

मेचीकाली : 2016-05-09 08:29:59


–तीन निकायसँग गरिएको सम्झौता अलपत्र
काभ्रे–

स्थापना भएको  करिब ११ वर्षपछि सञ्चालनमा आउन लागेको काभ्रेमा रहेको सूचना प्रविधि अर्थात आईटि पार्क सञ्चालनमा रोक लगाइएको छ । एक दशक अघि निर्माण सम्पन्न भएर सञ्चालनमा आउन नसकेको पार्क सञ्चालनका लागि विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगत रहेको सूचना प्रविधि विभागले गत चैत २४ गते काठमाडौँ विश्वविद्यालय केयूसहित अन्य दुई संस्थासँग सम्झौता गरेको थियो ।

विभागका महानिर्देशक बिरेन्द्रकुमार मिश्रले काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार डाक्टर भोला थापा, क्लाउड हिमालय प्रालि र सफ्टेक फाउण्डेशनसँग पार्कमा सूचना प्रविधि सम्बन्धी गतिविधि सञ्चालनका लागि सम्झौता गरेका थिए । मन्त्रालयले सुरुमा विभागका महानिर्देशकलाई पार्क सञ्चालनका लागि सम्झौता गर्नका लागि अनुमति प्रदान गरेपनि पार्क सञ्चालनमा आउन लागेपछि मन्त्रालयको निर्देशनामा अर्को सूचना जारी नभएसम्मका लागि सम्झौता स्थगन गरिएको भन्दै काठमाडौँ विश्वविद्यालय र दुई संस्थालाई पत्राचार गरेको छ । विभागले विज्ञानमन्त्री र सचिवसँग भएको छलफलमा पार्कलाई एकिकृत रुपमा विकास गर्नका लागि आवश्यक थप अध्ययन गर्ने भन्दै हाललाई सम्झौता स्थगन भएको जनाएको छ ।

सम्झौता अनुसार काठमाडौँ विश्वविद्यालयले दुई वटा ब्यवसायिक एकाईमा सूचना प्रविधिमा आधारित नयाँ उद्योगहरुको लागि इन्कुवेशन केन्द्र, फिनिसिङ्ग स्कुल सम्बन्धी काम गर्ने रहेको थियो । यसैगरि सफ्टेक फाउण्डेशनले पार्कको व्यवसायिक भवनको एक एकाईमा सफ्टवेयरको विकास सम्बन्धी कार्य गर्ने र क्लाउड हिमालय प्रालिले डाटा सेन्टर सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो । आईटि पार्क सञ्चालनका लागि सम्झौता भएको भोलिपल्टैबाट केयुले आफ्नो काम सुरु गर्नका लागि फर्निसिङ्ग तथा पार्टेशनका साथै अन्य पूर्वाधार निर्माणको काम सुरु गरिसकेको छ । मन्त्रालयले पार्क सञ्चालनको लागि गरेको सम्झौता स्थगन गरेपछि रोजगारीको आशा गरेका सूचना प्रविधिका जनशक्ति निराश बनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु