Sunday, 18 November 2018 06:17 pm, Nepal

आगो निभाउने क्रममा एकको मृत्यु

मेचीकाली : 2016-04-29 17:05:22


गुल्मी, १७ वैशाख :

खरबारीमा लागेको आगो निभाउने क्रममा शुक्रबार गुल्मीको दोहोली गाविसमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा दोहोली गाविस–१ निवासी ५५ वर्षीय तुल्सीबहादुर लामा रहेको स्थानीयवासी टोपलाल अर्यालले जानकारी दिनुभयो ।

दोहोली–५ स्थित सौतेगौँडामा लागेको आगो निभाउने क्रममा लामाको घटनास्थलमै ज्यान गएको हो ।

आगलागीमा परी स्थानीयवासी लोकबहादुर गुरुङ र मीनबहादुर लामा घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि सदरमुकाम तम्घासमा ल्याइपु¥याइएको छ । घाइते गुरुङको अवस्था चिन्ताजनक रहेको छ । यसअघि पनि सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक युवकको मृत्यु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु