Thursday, 26 April 2018 04:01 am, Nepal

थप आन्दोलन नगर्न मधेसकेन्द्रित दलसँग आग्रह

मेचीकाली : 2016-04-20 14:04:25


कपिलवस्तु, ८ वैशाख :

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वर्तमान सरकार सामु स्थानीय निर्वाचन लगायत अन्य महत्वपूर्ण कार्य गर्न चुनौती रहेको बताउनुभएको छ । कपिलवस्तु ४ नं निर्वाचन क्षेत्रमा आज पत्रकारसँग कुरा गर्दै एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख भट्टराईले अहिलेको सरकारलाई मुख्य दलको समर्थन रहेको हुनाले अब नेपाली काँग्रेस पनि विगतको भद्र सहमतिलाई पालना गरेर वर्तमान सरकारमा सहभागी हुनुपर्ने बताउनुभयो ।

एमालेको नेतृत्वमा गठन भएको यो सरकार देश कठिन अवस्थामा रहेको बेलामा गठन भएको र मधेसवादी दलका माग पनि पूरा भएकाले अब थप आन्दोलनको तयारी नगर्न उहाँले मधेसकेन्द्रित दललाई आग्रह गर्नुभयो । रासस

––––––––––

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु