Friday, 24 November 2017 06:47 pm, Nepal

लिबियाको सीमा क्षेत्रमा झडप, दशको मृत्यु

मेचीकाली : 2016-03-07 17:46:54


ट्युनिस्, २४ फागुन :

लिबियाको सीमाक्षेत्रमा ट्युनिसियाली सुरक्षाबल र आतङ्ककारीबीच भएको झडपमा परी १० संदिग्ध आतङ्ककारीको मृत्यु भएको छ । बन्दुकधारीको एक समूहले लिबियाको सीमाक्षेत्रनजिकै रहेको सैनिक व्यारेक आक्रमण गरेपछि सो झडपमा ती आतङ्ककारी मारिएका बताइएको छ ।

सो आक्रमणमा परी एक घाइते र एक पक्राउ परेको जनाइएको छ । ट्युनिसियाको राजधानीबाट ४५० किलोमिटर दक्षिणमा रहेको सो सहरमा अझै पनि झडप जारी रहेको प्रहरीको समाचारमा उल्लेख छ ।

यस उत्तर अफ्रिकी राष्ट्र गत वर्षदेखि नै कैयौँ आतङ्ककारी आक्रमण भइसकेको छ । लिबियाको सीमा क्षेत्रमा भएको यो आक्रमण यसै महिनामा दोस्रो भीषण आतङ्ककारी भएको ट्युनिसियाली रक्षामन्त्रालयले जनाएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु