Friday, 24 November 2017 06:50 pm, Nepal

चेपाङ गाउँमा इन्टरनेट, सौर्य ऊर्जाबाट कम्प्युटर सञ्चालन

मेचीकाली : 2015-10-06 13:39:08


चितवन-

चितवनको विकट कोराकस्थित चेपाङ गाउँमा इन्टरनेट सेवा सुरु भएको छ । ग्रीन स्कुल परियोजनाले चितवनको चेपाङ गाउँमा इन्टरनेट सेवा पुर्याएको हो ।नेट जोडेसँगै उनीहरु विश्वसँग जोडिएका छन् । जर्मनीका विद्यार्थीसँग इन्टरनेटको माध्यमबाट यहाँका चेपाङ विद्यार्थीले कुरासमेत गर्न थालेका छन् ।इन्टरनेटकै माध्यमबाट जर्मनीमा रहेका विद्यार्थीको अनुभव सङ्गाल्ने मौकासमेत ती विद्यार्थीलाई मिलेको ग्रीन स्कुल परियोजना सञ्चालन गरेको प्रकृतिका साथिहरु संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिनुभयो ।

इन्टरनेटकै कारण जर्मनीस्थित डुसलडर्फको प्राथमिक विद्यालय ‘होहेन स्ट्रास’ विद्यालयबीच मितेरी सम्बन्ध कायम भएको आचार्यले जानकारी दिनुभयो ।उक्त विद्यालयका कक्षा चारका विद्यार्थीको मित्रताको प्रस्तावपछि राष्ट्रिय प्राथमिक विद्यालय चारकिलाको इको क्लवका विद्यार्थीबीच मितेरी सम्वन्ध कायम भएको हो ।

जर्मनीमा रहेको उक्त स्कुलले विद्यार्थीलाई वातावरण संरक्षण, अर्गानिक खेती, तथा विभिन्न व्यावहारिक शिप दिंने गरेको छ ।ती स्कुलका बारेमा परिचय, संस्कृति र उनीको जीवनशैलीबारे प्रोफाइलसमेत तयार भएको आचार्यले जानकारी दिनुभयो ।

गुलेलीले चरा मार्ने बालबालिका अहिले संरक्षणमा जुटेका छन् । कोराकको राप्रावि चारकिल्ला र स्वामिटार माध्यामिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन भएको थियो ।यहाँका दुई स्कुलमा ४२ जना विद्यार्थीलाई ईको क्लवमा सहभागी गराएर ग्रीन स्कुल परियोजनामार्फत संरक्षणमा सक्रिय गराइएको आचार्यले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु