Friday, 24 November 2017 12:30 am, Nepal

कालीकोटमा ढाकाको लोकप्रियता बढ्दै

मेचीकाली : 2015-06-17 16:53:09


कालीकोट, २ असार :

जिल्लामा पहिलो पटक सञ्चालन गरिएको ढाका उद्योगबाट राम्रो आम्दानी हुन थालेपछि यसको मागसँगै लोकप्रियता बढ्न थालेको छ । स्थानीय सहकारी संस्थाको समन्वयमा २०६४ सालमा घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा सञ्चालन गरिएको सीप विकास तालिमबाट सुरु गरेकी ओदानुककी कर्मा सिंहले कमाइसँंगै नाम कमाउन सफल हुनु भएको छ ।
 उत्पादन गरेको ढाका जिल्लामा माग भएबमोजिम उत्पादन गर्ने र जिल्ला बाहिर समेत पठाउने गरेको उहाँले बताउनुभयो ।

“कडा परिश्रमबाट काम गर्दा अहिले उद्यमी हुनुका साथै प्रशिक्षकको रुपमा काम गर्न सफल भएकी छु” उहाँले भन्नुभयो । आफूले उत्पादन गरेको ढाका काठमाडाँैसम्म लैजाने गरेको सिँहले सुनाउनुभयो । उनले यसका लागि घरेलु कार्यालयबाट सीप विकासको तालिम लिनु भएको छ । चार वर्ष पहिले रु ६० हजारबाट लगानी गरेको उद्योगमा अहिलेसम्म रु चार लाखभन्दा बढी लगानी गरिसकेको सिंहको भनाइ छ ।

“वार्षिक रु दुई लाखसम्म आम्दानी हुन्छ” उहाँले भन्नुभयो । कयौंँ महिला रोजगारीका लागि विदेश गएकोमा दुःख लागेको बताउँदै स्वदेशमै उद्यम गरेर कमाई गर्न सकिने उहाँले बताउनुभयो । जिल्लामा ढाका उत्पादनका लागि तालिम लिएका धेरै भए पनि उत्पादन भने सिंह बाहेक कसैले पनि गर्न सकेका छैनन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु