dashain
Wednesday, 17 October 2018 07:11 am, Nepal

वानर जस्ता बालक !

मेचीकाली : 2015-04-18 13:54:01


अछाम, ५ वैशाख :

यहाँ एक अनौठो शिशुको जन्म भएको छ ।दुर्गम बलाता –४ बास्कोटकी बिन्द्रा साउदले जन्म दिएको बालकको रुप वानरको जस्तो र टाउकाको गिदी बाहिरी भागमा छ ।
बलाता स्वास्थ्य चौकीमा माता बिन्द्रा र पिता मानबहादुर साउदका पहिलो सन्तानका रुपमा शनिबार बिहान जन्मिएका ती बालकको आँखा साह्रै ठूलो र हातखुट्टा मोटो रहेको भए पनि औँला भने अन्य शिशुको जस्तै रहेको स्वास्थ्य चौकी बलाताका इन्चार्ज बलबहादुर बुढाले बताउनुभयो । आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ । शिशुलाई हेर्न स्थानीयवासीको घुइँचो लागेको स्थानीयवासी राकेश विकले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु