Thursday, 17 August 2017 01:22 pm, Nepal

काभ्रेमा ढोकामा लात्तीले हानेको भन्दै शिक्षकले विद्यार्थीलाई निर्घात कुटे

मेचीकाली : 2015-04-01 16:46:13


गल्ती स्वीकार्दै शिक्षकले भने : कुट्नचैं कुटेको हुँ तर थोरै
काभ्रे, १८ चैत :

काभ्रेको गैह्रबिसौना देउपुरमा रहेको ब्रह्मायणी माध्यमिक विद्यालयका एक शिक्षकले विद्यालयमा अध्ययन गर्ने एक छात्रलाई निर्घात कुटपिट गरेका छन् । विद्यालयका शिक्षक ढालनाथ अर्थात डेन ढकालले विद्यालयको कक्षा ६ मा अध्ययनरत ११ वर्षिय विवेक ढकाललाई कुटपिट गरेका हुन् ।
विद्यालयको कक्षा ७ मा अध्ययन गर्ने केहि विद्यार्थीले विवेकको कक्षाको ढोकामा लात्तीले हानेको भन्दै शिक्षक ढकालले विवेकलाई कुटपिट गरेको विवेकका बाबु डिल्लीप्रसाद ढकालले बताए ।

ढोकामा हान्ने अरु विद्यार्थी भागेपछि शिक्षकले निर्दोष विवेकलाई कुटेको बाबु डिल्लीप्रसादले बताए । ढोकामा लात्ती हानेको भन्दै शिक्षक डेनले चैत ११ गते दिउँसो  विवेकलाई पिठ्युमा दुई झापड, गालामा दुई झापड र टाउकोको कपाल उखेलिने र निलडाम हुने गरि कुटेको विवेकको बाबुको आरोप छ । आफ्नो छोरालाई कुटपिट गर्ने शिक्षक डेनलाई कारवाहिको माग गर्दै विवेकका बाबुले चैत ११ गते नै जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दिएका छन् । घटनाको भोलिपल्ट अर्थात् चैत १२ गते विद्यालयमा गएर बुझ्दा मिल्नुपर्छ भन्दै आफुलाई विद्यालयका प्रधानाध्यापक शत्रुधनप्रसाद शाहले मिल्नका लागि अनुरोध गरेको डिल्लीले बताए ।

उनले आफ्नो छोरालाई कुटपिट गर्ने शिक्षकलाई कारवाहिको माग गर्नुपर्ने भन्दै मिल्न नसक्ने बताएका छन् । विवेकको धुलिखेल अस्पतालमा उपचार भएपछि अहिले डिस्चार्ज भईसकेका छन् । घटनाको बारेमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । विद्यालयका शिक्षक ढकालले पनि आफुले विवेकलाई सामान्य कुटपिट गरेको स्विकार गरेका छन् । विवेकलाई किन ढोकामा हानेको भन्ने प्रश्न सोध्दा उसले ठाडो स्वरमा ढोका नखुलेकोले ढोकामा हानेको भन्दै ठाडो जवाफ दिएपछि सामान्य कुटपिट मात्रै गरेको उनले बताए । उनले आफुले समान्य कुटपिट गरेपनि अन्य व्यक्तिको उक्साहटमा लागेर आफ्नो चरित्र हत्या गर्ने काम भएको आरोप लगाएका छन् ।

यो विषयका प्रतिक्रियाहरु

Surya Giri:Apr 14, 2016 05:35:50 PM

नेवारहरुले नेवारीभाषा लाइ नेपाल भाषा भने जस्तै, मिस नेवारलाई पनि मिस नेपाल भनेको हुनुपर्छ है, यसमा मेरो आफ्नो लजिक !

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु