Sunday, 24 September 2017 02:35 pm, Nepal

एमाले स्थायी समितिको बैठक आज पनि बस्दै

मेचीकाली : 2015-03-25 08:46:50


काठमाडौं, ११ चैत :

नेकपा एमालेमा नेताहरुको कार्यविभाजनमा आज थप छलफल हुने भएको छ । हिजो विवाद नमिलेपछि अध्यक्ष केपी शर्मा ओलीको पक्षबाट आएको प्रस्तावलाई आज थप संसोधनसहित छलफल हुनेछ । छलफलका लागि नयाँ प्रस्ताव ल्याउन महासचिव ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ ।

नवौं महाधिवेशनपछि निर्वाचित नेतृत्वको कार्यविभाजन प्रस्तावमा कुरा नमिल्दा विवाद बढ्दै गएको छ । आज थप छलफल गर्न बिहान ११ बजे स्थायी समितिको बैठक बोलाइएको छ । आजको बैठकमा एमाले महासचिव ईश्वर पोखरेलले पेश गर्नुभएको कार्यविभाजनसहितको प्रस्ताव सन्तुलित आए छलफल हुने नभए अस्वीकार गर्ने नेता माधवकुमार नेपाल पक्षको तयारी छ । उपाध्यक्ष युवराज ज्ञवालीले आज सबैलाई चित्त बुझ्ने प्रस्ताव ल्याउन महासचिव पोखरेललाई सुझाइएको बताउनुभयो । बैठक अध्यक्ष ओली निवास बालकोटमा बस्ने बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु