Sunday, 24 September 2017 12:20 pm, Nepal

कांग्रेसमा देउवा पक्षको भेला सुरु हुँदै

मेचीकाली : 2015-03-25 08:46:23


काठमाडौं, ११ चैत :

नेपाली कांग्रेसमा महाधिवेसनका विषयमा आन्तरिक कसरत सुरु भएको छ । प्रधानमन्त्री तथा सभापति सुशील कोइराला र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाबीच समानान्तर भेला बोलाउने क्रम चलेको छ । देउवाले आज आफू निकटका जिल्ला सभापतिको भेला बोलाउनु भएको छ ।

क्रियाशील सदस्यताको वितरण र नवीकरणका विषयमा छलफल गर्न भेला बोलाएको उहाँ निकट नेताहरुले बताएका छन् । संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको निर्णय र पार्टीको विधान विपरीत एकपक्षीय रूपमा क्रियाशील सदस्यताको वितरण र नवीकरण गरेको आरोप देउवा पक्षले लगाउँदै आएको छ । क्रियाशील सदस्यता वितरण प्रक्रिया पारदर्शी बनाउनुपर्ने र नियमसंगत नभएकाहरूको सच्याउनुपर्ने माग देउवा पक्षको छ । १३औं महाधिवेशन र सदस्य नविकरणका विषयमा छलफल गर्न भेला बोलाएको देउवा निटकका नेता डा प्रकाश शरण महतले जानकारी दिनुभयो । महाधिवेसनको मिति नजिकएसँगै नेताहरु दौडधुप र आन्तरिक बैठकमा केन्द्रित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु