Sunday, 24 September 2017 02:33 pm, Nepal

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन सरकारलाई निर्देशन

मेचीकाली : 2015-03-24 17:38:47


काठमाडौं, १० चैत :

व्यवस्थापिका–संसद् अन्तर्गतको विकास समितिले श्रमजीवी पत्रकार ऐन, २०५१ र श्रमजीवी पत्रकार नियमावली, २०५३ कार्यान्वयन नगर्ने सञ्चार माध्यमलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकमा सभापति रबिन्द्र अधिकारीले सो ऐन र नियमावली कार्यान्वयन नगर्ने सञ्चारगृहलाई कारबाहीको दायरामा ल्याउन सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिनु भएको हो । बैठकमा सञ्चार मन्त्री डा मिनेन्द्र रिजालले मन्त्रालयले ऐन र नियमावली कार्यान्यनका सम्बन्धमा देखिएका समस्याको समाधानका लागि नेपाल पत्रकार महासंघ लगायत सञ्चारसम्बन्धी संस्थासँग पटक–पटक छलफल गरेको अवगत गराउदै समस्याको समाधानका लागि नयाँ उपाय खोज्नुपर्ने बताउनु भयो ।  मन्त्री रिजालले नयाँ आमसञ्चार नीति, २०७१ को मस्यौदा निर्माण हुनेक्रममा रहेको अवगत गराउदै कानुनको पालनाका सम्बन्धमा पत्रकार र सञ्चारगृहले पनि इमान्दारिता प्रदर्शन गर्नु पर्नेमा जोड दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु