Tuesday, 26 September 2017 11:14 am, Nepal

अब पनि सहमति नजुटे प्रक्रिया अगाडी बढाउन बाध्य हुने सभाध्यक्षको चेतावनी

मेचीकाली : 2015-03-24 17:38:14


काठमाडौं, १० चैत :

संविधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङले अब पनि नेताहरुले सहमति जुटाउन नसके बहुमतिय प्रक्रिया नै अगाडी बढाउन बाध्य हुने बताउनुभएको छ । आज आफ्नै कार्यकक्षमा संचारकर्मिहरुसंग कुराकानी गर्दे नेम्वाङले प्रमुख दलका शिर्ष नेता र प्रमुख सचेतकहरुसंग छलफल गर्दा पनि कुनै ठोस निर्णय अवस्था बनिनसकेको जानकारी दिनुभयो ।

संविधानसभालाई अनिश्चित बनाएर थप समय खेर फाल्न नसकिने बताउदै नेम्वाङले भोली मुख्य दलका सचेतकहरुसंग छलफल गरेर ठोस निर्णय लिन आफुले प्रयास गर्ने बताउनुभयो । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा भएकाले उहाँ फर्किनु भन्दा पहिले नेताहरु छलफल र संबाद नगर्ने बुझेका सभाध्यक्ष नेम्वाङ संविधानसभाको बैठक बोलाउने बारेमा अन्यौलमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु