Friday, 22 September 2017 05:36 pm, Nepal

भारतले क्षयरोगको महामारी रोक्न सकेन

एजेन्सी : 2015-03-24 14:18:18


नयाँ दिल्ली, १० चैत :

भारतमा विगतका वर्षहरुदेखि बढ्दो रुपमा रहेको क्षयरोगको महामारी कम हुन सकेको छैन ।विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा प्रकाशित एक आलेखमा सो विषय बाहिर ल्याइएको छ । अझै पनि त्यहाँ यस सङ्क्रमणको त्रास रहेको उक्त लेखमा जनाइएको छ ।

नयाँ दिल्लीबाट प्रकाशित सो स्वास्थ्यसम्बन्धी जर्नलमा भनिएको छ– सरकारले आवश्यक मात्रामा यस क्षेत्रमा बजेट नछुट्याउँदा तथा यस विषयमा सरकारले ध्यान नदिँदा क्षयरोगको प्रकोपमा कमी आउन सकेको छैन ।सो लेखमा सरकारलाई क्षयरोगको प्रकोप नियन्त्रणका क्षेत्रमा आवश्यक मात्रामा रकम छुट्याउन र जनस्वास्थ्यका क्षेत्रमा पूर्वाधारको निर्माणमा लाग्न सुझाव दिइएको छ ।

भारतमा मात्र प्रत्येक वर्ष क्षयरोगका २२ लाख रोगी थपिन्छन् । विश्वमा हरेक वर्ष ८६ लाख यसका रोगी थपिन्छन् । यसरी हेर्दा भारतमा मात्र यसको सङ्क्रमण निकै धेरै देखिन्छ ।विश्व स्वास्थ्य सङ्गठनले यस सङ्क्रमणलाई विश्वमा प्रत्येक वर्ष बढ्दो र डरलाग्दो सङ्क्रमणका रुपमा लिएको छ ।उक्त सङ्गठनले हालैमात्र प्रकाशन गरेको एक विज्ञप्तिका अनुसार यस सङ्क्रमणबाट प्रत्येक वर्ष कम्तीमा पनि तीन लाख व्यक्तिको निधन हुने गर्दछ ।

मुम्बईको एक ठूलो निजी क्षेत्रको अस्पतालका चिकित्सक जारिर एफ उद्वादियाको सो लेखमा उक्त रोगको नियन्त्रणका लागि सरकारका प्रयासहरु असफल भएका बताइएको छ ।सरकारले यस क्षेत्रमा छुट्याएको बजेट पनि अपर्याप्त रहेको तथा यस बजेटबाट सञ्चालन गरिएका कार्यक्रमहरु पनि असफल हुदै गएको चर्चा गरिएको छ ।उक्त लेखले सरकारले क्षयरोगको नियन्त्रणका लागि भनी खर्चिएको बजेटको पनि सदुपयोग नभएको र सरकारी कार्यक्रमहरुको अनुगमन हुन नसकेको पाइएको जनाएको छ । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु