Tuesday, 26 September 2017 11:09 am, Nepal

बन्दुकधारीद्वारा बसमा यात्रा गरिरहेका तेह्र यात्रीको हत्या

एजेन्सी : 2015-03-24 14:17:40


काबुल, १० चैत :

दक्षिणी अफगानिस्तानमा मङ्गलबार बन्दुकधारीहरुको एक समूहले अन्धाधुन्ध गोली हानी बसमा यात्रा गरिरहेका कम्तीमा पनि १३ जना यात्रुको हत्या गरेको समाचार छ ।दक्षिणी अफगानिस्तानको वार्दाक प्रान्तमा बसमा यात्रा गरिरहेका सर्वसाधारणलाई बन्दुधकारीको एक समूहले गोली प्रहार गरी हत्या गरेको समाचारमा जनाइएको छ ।

अधिकारीहरुले अफगानिस्तानमा सर्वसाधारणमाथि हुने गरेको आक्रमणको पछिल्लो शृंखलाका रुपमा यी सर्वसाधारण मारिएका जनाएका छन् ।प्रान्तीय प्रवक्ता अतुल्लाह खोग्यानीले दिएको जानकारीअनुसार बन्दुकधारीको एक समूहले मङ्गलबार बिहान बसमा हमला गरी त्यसमा रहेका यात्रुमध्ये कम्तीमा पनि १३ जनाको ज्यान लिएका हुन् ।

उक्त बस दक्षिणी सहर कान्दाहारतर्फ जादै गरेको थियो । सोही समयमा गुडिरहेको बसलाई अकस्मात रोकी बन्दुकधारीले सो हमला गरेका थिए ।बन्दुधकारीले एकाएक बसलाई नियन्त्रणमा लिई सो हमला गरेका थिए । उनीहरुले छानीछानी ती यात्रुमाथि गोली बर्साएको समाचारमा जनाइएको छ ।कान्दाहार प्रान्तको छिमेकी प्रान्त घाज्नीका उपगभर्नर मोहम्मद अलिले बन्दुकधारीले उक्त बसमा रहेका यात्रुलाई छानेर मारेको जानकारी दिएका छन् ।

अधिकारीहरुले उक्त सवारीमा मारिएका नागरिकको पहिचान हुन नसकेको बताएका छन् । सो आक्रमण कसले र किन गरेको हो भन्ने बारेमा पनि केही थाहा हुन नसकेको पनि अधिकारीहरुको भनाई छ ।साथै त्यस हत्याको जिम्मेवारी पनि कसैले लिएको छैन । प्राय यस्ता अपराधका घटनामा अफगानी तालिवानहरुको हात रहने भएकोले प्रहरीले उनीहरुकै हात रहेको अनुमान गरेको छ ।

तर तालिवानहरुले भने त्यस बारेमा केही बताएका छैनन् । उनीहरुको कुनै प्रतिक्रिया आएको छैन ।नागरिकहरुमाथि यस्तो हमला प्राय त्यहाँ जातीय द्वन्द्वका कारण हुने गर्दछ । जातीय द्वन्द्वका कारण एकले अर्काे जातीमाथि हमला गरी हत्या गर्ने गर्छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु