Tuesday, 26 September 2017 11:18 am, Nepal

पत्रकारसमेत रहेका केन्द्राध्यक्षद्वारा आत्महत्या

मेचीकाली : 2015-03-24 11:26:48


इलाम, १० चैत :

एसएलसी परीक्षामा खटिनुभएका इलामका एक केन्द्राध्यक्षले गएराति आत्महत्या गर्नुभएको छ । सूर्याेदय नगरपालिकास्थित वीरेन्द्र माविमा कार्यरत केन्द्राध्यक्ष बिमल प्रधानले विष सेवन गरेर आत्महत्या गर्नुभएको हो ।
सोमबारको विज्ञान विषयको परीक्षा सम्पन्न गरेपछि मेचीखोलामा गएर उहाँले आत्महत्या गर्नुभएको प्रहरीले जनाएको छ । विष सेवन गरेर गम्भीर घाइते हुनुभएका प्रधानको झापाको विर्तामोडस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अनुपमशमशेर जबराले बताउनुभयो ।

आत्महत्या गर्नुपर्ने खास कारण नभए पनि प्रधानले किन आत्महत्या गर्नुभयो भन्ने बारेमा अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ । प्रधान रासस इलामका पूर्वसमाचारदातासमेत हुन् भने पत्रकार महासङ्घका सदस्य, रेडियो नेपाल वाणी एफएमका कार्यक्रम प्रस्तोता एवम् पूर्णस्मारक उमावि गोदकका प्राचार्यसमेत हुनुहुन्थ्यो । उहाँको ठाउँमा एसएलसी परीक्षा समन्वय समितिले स्रोतव्यक्ति जय भण्डारीलाई केन्द्राध्यक्षका रुपमा खटाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु