Saturday, 23 September 2017 05:53 am, Nepal

कोरियन भाषा परीक्षा जेठको अन्तिममा हुने

मेचीकाली : 2015-03-24 08:39:22


काठमाडौं, ११ चैत :

कोरियाली भाषा परीक्षा आगामी जेठको अन्तिम साता हुने भएको छ ।जेठको  ३० र ३१ गते परीक्षाको मिति तोकिएको छ । सन् २०१६ मा काम गर्न दक्षिण कोरिया जानेका लागि भाषा परीक्षा लिन लागिएको हो ।

 यसका लागि वैशाख ३ देखि ६ गतेसम्म आवेदन फाराम बुझाउने व्यवस्था मिलाइएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले सोमबार यो निर्णय गरेको हो ।   यसपटक राजधानीबाहेक पोखराबाट पनि परीक्षा दिन पाइनेछ। ईपीएसबाट परीक्षा लिन थालेपछि पहिलोपटक राजधानीबाहिरबाट परीक्षा दिन पाइने भएको हो। यो छैटौं भाषा परीक्षा हो। भाषा परीक्षाको नतिजा साउन १६ गते प्रकाशित हुनेछ । परीक्षा सञ्चालनलाई क्रमशस् विकेन्द्रीत गर्ने नीति बमोजिम यसपटक पोखराबाट पनि लिन लागिएको हो । आगामी वर्ष अन्य प्रमुख सहरमा समेत परीक्षा केन्द्र तोकिने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु