Tuesday, 26 September 2017 11:07 am, Nepal

ताप्लेजुङको फुङलिङ बजारमा भीषण आगलागी

मेचीकाली : 2015-03-24 08:37:38


करिव सय परिवार विस्थापित
ताप्लेजुङ, १० चैत :

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा सोमबार साँझदेखि भएको आगलागीका कारण चार दर्जनभन्दा बढी घर जलेर नस्ट भएका छन् । आगलागीबाट चार दर्जन घर जलेर नष्ट भएका छन् ९० परिवार विस्थापित भएका छन् । हिजो बेलुकी करीव साढे ७ बजेदेखि सुरु भएको आगलागीले बजारको तोक्मेडाँडा क्षेत्रमा रहेका तीन सरकारी कार्यालय, आधादर्जन गैरसरकारी कार्यालय, दर्जनौं घर र पसल नष्ट भएका छन् ।

 फुङलिङ बजार स्थित पूर्वेली होटल अर्थात (पुरानो झापा होटल) बाट सुरु भएको भनिएको आगो क्षण भरमै करिब चार मिटर दायाँबायाँका घरमा फैलिएको थियो । पूर्वेली होटलबाट वीरेन्द्र चोकतर्फका घरमा फैलिएपछि स्थानीयले नरेन्द्र गुरुङको घर भत्काएर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । तर, घर भत्काउन नभ्याउँदै दायाँबायाँका घरमा आगो सल्किएको थियो ।

 तोक्मे डाँडाको बजार लाग्ने क्षेत्रदेखि आसपासका सबै घर जलेका छन् । तीव्र वेगमा हावा चलेको र पर्याप्त पानी नभएकाले आगो नियन्त्रण गर्न नसकिएको स्थानीयले बताएका छन् ।  आगलागीबाट जिल्ला विकास समिति कार्यालयको पुरानो भवन, ऊर्जा तथा वातावरण शाखाको कार्यालय, स्थानीय शान्ति समितिको कार्यालय जलेका छन् ।  २०६०  सालमा पनि विरेन्द्र चोकमा आगलागि भएको थियो । त्यसवेला ४१ घर जलेका थिए भने ५१ करोड बढी क्षती भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु