Tuesday, 26 September 2017 02:58 pm, Nepal

आसपासका क्षेत्र पनि ठमेल जस्तै बनाइने

मेचीकाली : 2015-03-23 17:46:38


काठमाडौँ, ९ चैत :

राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई जस्तै आसपासका क्षेत्रलाई पनि पर्यटकीयस्थलको रुपमा विकास गरिने भएको छ । पर्यटकको बढ्दो चापलाई मध्यनजर गरी ठमेल पर्यटन विकास परिषद्ले ठमेलको मुख्य चौक जस्तै आसपासका क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न लागेको हो ।

    ठमेल पर्यटन विकास परिषद्मा सर्वसम्मत रुपमा पुनः चयन हुनुभएका अध्यक्ष रामशरण थपलियाले पर्यटकीय आकर्षण ठमेल क्षेत्रको विकास विस्तारका लागि परिषद्ले कार्य योजना अघि बढाएको बताउनुभयो । “नेपालको पहिलो पर्यटकीय क्षेत्र ठमेलको विकासका लागि अहिले सरकारको उपस्थिति र सक्रियता बढेको छ । नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिका र विद्युत् प्राधिकरणको सहयोगमा पूर्वाधार निर्माणको काम भइरहेको छ, अब आसपासका क्षेत्रलाई पनि ठमेल जस्तै बनाउन लागेका छाँै,”–उहाँले भन्नुभयो ।

    उहाँका अनुसार ठमेल पकनाजोलदेखि स्वयम्भूसम्म, गल्कोपाखादेखि नयाँ बसपार्कसम्म, ठहिटीदेखि कमलपोखरी र त्यहाँदेखि गौशलासम्म पर्यटकीय क्षेत्र विस्तार गर्ने योजना छ । ठमेलपछिको महत्वपूर्ण पर्यटकीय आकर्षण दरबारमार्ग क्षेत्रलाई मानिन्छ । ठमेल पर्यटन विकास परिषद अन्तर्गत अहिले १३ वटा उपसमिति छन् । ठमेल बाहिर आसपासको क्षेत्रमा थप चारवटा उपसमिति विस्तार गर्न लागिएको अध्यक्ष थपलियाले जानकारी दिनुभयो ।

    उक्त क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन विभिन्न किसिमका महोत्सव, प्रचार प्रसारलगायतका कार्यक्रम गरिनुको साथै पूर्वाधार विकासमा जोड दिइने परिषद्ले जनाएको छ । परिषद्का अनुसार नेपाल आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल क्षेत्रमा पुग्ने गरेका छन् ।नेपाल पर्यटन बोर्डको पछिल्लो विवरणअनुसार सन् २०१४ मा हवाई मार्गबाट पाँच लाख ८५ हजार ९८१ पर्यटक नेपाल आएका छन् ।

    स्थलगत रूपमा अढाइदेखि तीन लाख पर्यटक आउने अनुमान बोर्डको छ । जुन अघिल्लो वर्षको तुलनामा ०.३ प्रतिशत कम हो । सन् २०१३ मा सात लाख ९७ हजार ६१६ पर्यटक नेपाल आएका थिए । जसमध्ये हवाई मार्गबाट मात्रै पाँच लाख ८७ हजार ८४२ पर्यटक नेपाल भ्रमणमा आएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु