Tuesday, 26 September 2017 11:15 am, Nepal

राष्ट्रपति डा यादव र अध्यक्ष दाहालबीच भेटवार्ता

मेचीकाली : 2015-03-23 10:49:24


काठमाडौँ, ९ चैत :

राष्ट्रपति डा रामवरण यादवसँग एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आज बिहान राष्ट्रपति भवन,शीतल निवासमा भेटवार्ता गर्नु भएको छ ।भेटमा राष्ट्रपति डा यादवले समयमै सहमतिमा संविधान जारी हुनुपर्ने बताउँदै त्यसका लागि विगतको आन्दोलनकारी दलबीच सहमति हुनुपर्नेमा जोड दिनुभएको थियो ।

अध्यक्ष दाहालले सहमतिमै संविधान जारी हुने अवगत गराउँदै त्यसका लागि सत्तारूढ दलहरुसँग पहल गरिरहेको बताउनुभएको उहाँका स्वकीय सचिव चुडामणि खड्काले  जानकारी दिनुभयो ।राष्ट्रपति यादव र अध्यक्ष दाहालबीच संविधान निर्माणबाहेक दुवैको चीन भ्रमणका बारेमा पनि कुराकानी भएको स्वकीय सचिव खड्काले बताउनुभयो । राष्ट्रपति यादव र अध्यक्ष दाहाल दुवैले यसै साता चीनको भ्रमण गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु