Friday, 22 September 2017 05:37 pm, Nepal

मकवानपुरको कुलेखानी दुर्घटनामा मृत्यु हुने पाँच पुगे

मेचीकाली : 2015-03-23 08:53:38


मकवानपुर, ९ चैत :

मकवानपुरको कुलेखानी गाबिस– ६ रातोमाटेमा हिजो भएको भारतीय कार दुर्घटनामा मृत्यू हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा परी घटनास्थलमा नै दुई जनाको र बाँकी दुई जनाको अस्पतालमा उपचारको क्रममा मृत्यू भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा भारत झारखण्ड रा“ची बस्ने वर्È ६० का घनश्याम प्रसाद र सोही स्थान बस्ने ६३ वर्षिया देवयन्ती देवीको परिचय पत्र भेटिएकाले परिचयपत्र मृतको हुन सक्ने प्रहरीले जनाएको छ ।  कारमा सवार घाईते ५ जनालाई तत्काल उपचारको लागि काठमाण्डौ पठाईएकोमा घाईतेहरु मध्ये बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा एकजना  र शिवज्योती अस्पताल बल्खुमा उपचारको क्रममा अरु दुई जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक शिशु शर्माले जानकारी दिनुभयो ।

घाईतेहरु  २ जनाको हाल बयोधा अस्पताल बल्खु  काठमाण्डौमा उपचार भईरहेको प्रहरीले जनाएको छ । भारतीय राज्य झारखण्डको जेएच ०१ बीजी ७२०७ नम्बरको कार करिब दुई सय मिटर तल झर्दा दुर्घटना भएको हो । दुर्घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवता एवम् प्रहरी नायब उपरिक्षक शिशु शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु