Tuesday, 26 September 2017 04:54 pm, Nepal

एमाले स्थायी समितिको बैठक आज पनि बस्ने

मेचीकाली : 2015-03-23 08:53:09


पार्टी विवादका विषयमा छलफल हुँदै
काठमाडौं, ९ चैत :

केन्द्रीय सदस्यको मनोनयनको विवाद मिलाउन आज पनि एमाले स्थायी समितिको बैठक डाकिएको छ । केन्द्रीय सदस्यमा मनोनयनका लागि अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भागवण्डा नमिलेपछि पार्टी भित्रको विवाद झन् धेरै चुलिएको छ । बैठक मध्यान्ह बस्ने गरी तयारी भइरहेको छ ।

 स्थायीसमिति बैठक अघि सचिवालयको बैठक बस्न लागिएको छ । सचिवालय बैठक केही बेरमा बस्ने लागेको नेताहरुले बताएका छन् ।  हिजो पनि केन्द्रीय नेतृत्वको कर्यविभाजनको एजेन्डामा सहमति जुटाउन पार्टी अध्यक्ष ओली निवासमा औपचारिक छलफल भएको थियो । तर विना निश्कर्ष नै बैठक टुङ्गिएको थियो । माधव नेपाल समूहले पार्टी कर्यालयमा नै बैठक राख्नुपर्ने माग  गर्दै आएको छ ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु