Tuesday, 26 September 2017 02:55 pm, Nepal

रहेनन् सिंगापुरका र्निाता

मेचीकाली : 2015-03-23 08:37:22


सिंगापुर, ९ चैत  :

सिंगापुरका राजनेता ली क्व‍ान यूको सोमबार सबेरै ९१ वर्षको उमेरमा निधन भएको छ। सिंगापुर जस्तो एउटा सानो बन्दरगाह शहरलाई एक सम्पन्न विश्वकेन्द्र बनाउने श्रेय उनलाई दिने गरिन्छ।

सिंगापुरको संवृद्धिको मार्गचित्र कोर्ने व्यक्तित्वको रुपमा ली क्वुन यूलाई सिंगापुरमा निकै सम्मान गरिन्छ। उनले ३१ वर्षसम्म प्रधानमन्त्री पद सम्हालेका थिए।  तर सत्ताप्रतिको आशक्तिलाई लिएर उनको आलोचना समेत हुने गरेको थियो।

उनको कार्यकालमा अभिव्यक्ति स्वतन्त्रतामाथि निकै कडाइ गरिएको र विपक्षी नेताहरुलाई अदालतले निशाना बनाउने गरेको बताइन्छ। राजकीय सम्मानका साथ आगामी सोमबार उनको अन्त्येष्टि गरिने छ भने एक सातासम्म शोक मनाइने छ।

लीले ब्रिटेन र मलेसियाबाट सिंगापुरलाई स्वतन्त्रता दिलाएका थिए। सोमबार बिहानै उनको निधन भएको घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु