Tuesday, 26 September 2017 04:54 pm, Nepal

सप्तरीमा एसएलसी दिने एक विद्यार्थीद्वारा आत्महत्या

मेचीकाली : 2015-03-22 17:33:27


सप्तरी, ८ चैत :

यहाँको कञ्चरुप नगरपालिकामा एसएलसी परीक्षा दिइरहेका एक विद्यार्थीले आज आँपको रुखमा झुन्डिएर आत्महत्या गरेको छ । आत्महत्या गर्ने कञ्चरुप नगरपालिका–८ निवासी उत्तम ढुङ्गानाको १७ वर्षीय छोरा कुल्दीप ढुङ्गाना रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कुन कारणले झुन्डिएर आत्महत्या गरेको भनेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कुल्दीपले शङ्कर उमावि रुपनगरबाट जन्डोलस्थित घोगिन्धा मावि परीक्षा केन्द्रमा एसएलसी परीक्षा दिँदै थिए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु