Tuesday, 26 September 2017 12:33 am, Nepal

एकताका लागि सातबुँदे प्रस्तावमा छलफल

मेचीकाली : 2015-03-22 14:07:29


काठमाडौँ, ८ चैत :

एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादीका शीर्ष नेताबीच पार्टी एकताका विषयमा आज भएको बैठकमा माक्र्सवादको प्रयोग र रक्षा, पार्टीको तत्कालीन कार्यनीति, विगतका कमजोरीको समीक्षा, संसद्वादलगायत सात विषयमा छलफल भयो ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तत्कालीन विषयमा साझा धारणा बनाएर आन्दोलनका कार्यक्रम घोषणा गर्नेबारे पनि आजको बैठकमा सहमति भएको बताउनुभयो ।

माओवादी उपाध्यक्ष सिपी गजुरेलले बैठकमा सातबुँदे प्रस्ताव प्रस्तुत भई छलफल भएको र त्यसमा फेरि थप छलफल गर्ने गरी आजको बैठक टुङ्गिएको बताउनुभयो । उहाँका अनुसार दुवै पार्टी अध्यक्षबीच छलफल भई अर्को वार्ताको मिति तय हुने छ ।

वार्ता कमिटी गठन भएपछि दुई पार्टीबीच पहिलो पटक आज वार्ता भएको हो । माओवादी पार्टी कार्यालय, बुद्धनगरमा भएको छलफलमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा र सचिव टोपबहादुर रायमाझी तथा माओवादीका तर्फबाट अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देव गुरुङ सहभागी हुनुहुन्छ । केही दिनअघि एमाओवादी अध्यक्ष दाहाल र अध्यक्ष वैद्यको नेतृत्वमा दुवै दलले एकताका लागि वार्ता समिति गठन गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु