Wednesday, 20 September 2017 06:43 pm, Nepal

लोकसेवा आयोगका पदाधिकारीको सुनुवाइ सकियो

मेचीकाली : 2015-03-22 14:05:32


काठमाडौँ, ८ चैत :

लोकसेवा आयोगका अध्यक्ष तथा सदस्यहरूको संसदीय सुनुवाइ समाप्त भएको छ । संसदीय विशेष सुनुवाइ समितिका सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा आज बसेको बैठकले सदस्य कृष्णचन्द्र झालाई बहुमत र अन्यको सिफारिस सर्वसम्मतले अनुमोदन गरेको छ ।

संवैधानिक परिषद्को केही दिनअघिको बैठकले आयोगको अध्यक्षमा उमेश मैनाली र सदस्यमा गोविन्द कुसुम, बृन्दा हाडा (भट्टराई), कृष्णचन्द झा, श्रीपुरुष ढकाल, अशोककुमार झा र बम्हदेव रायलाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।

राष्ट्रपति डा रामवरण यादवले संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएका आयोगका पदाधिकारीलाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२५ (२) बमोजिम नियुक्त गर्नुहुनेछ ।

उक्त संविधानअनुसार आयोगका अध्यक्ष एवम् सदस्यको पदावधि छ वर्षको हुनेछ ।

समितिको आजैको बैठकले यही चैत १५ गते हुने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस भएका आयुक्तहरूको सुनुवाइ सुरु गर्ने निर्णय पनि गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु